खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक समीक्षा सम्पन्न

  • काभ्रे खबर
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (५ महिना अघि)
  • ६० पटक पढिएको

खानीखोला गाउँपालिकाको पहिलो त्रैमासिक समीक्षा सम्पन्न

तालढुंगा \ खानीखोला गाउँपालिकाले प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको छ । जिल्ला समन्वय समिति काभ्रेको आयोजनामा खानीखोला गाउँपालिकाको आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक अवधीको समिक्षा गरिएको हो ।

चालु आर्थिक बर्षको ३ महिनाको अवधीमा भएको आर्थिक, भौतिक प्रगतिको समिक्षा गरिएको हो । खानीखोला गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले प्रस्तुती गरेका थिए । भौगोलिक, सामाजिक, भौतिक, आर्थिक विकासको हिसाबले गाउँपालिका पछि परेको भन्दै उनले चुनौती सामना गर्दै विकासको बाटोमा अघि बढिरहेको बताए ।

बाग्मती प्रदेश सभाका पूर्वमन्त्री रहेका नेकपा माओवादी केन्द्र संसदीय दलका मुख्य सचेतक रत्नप्रसाद ढकालले बहुबर्षिय आयोजनाको रुपमा अघि बढेको बिपि राजमार्ग बाट महाभारत-खानीखोला हुँदै प्रदेश राजधानी जोड्ने सडक सो क्षेत्रको बिकासको लागि कोशेढुङ्गा साबित हुने बताए ।

बाग्मती प्रदेशको सघन सहरी बिकास कार्यक्रम खानीखोलामा लागू भएको भन्दै उनले खानिखोलाको केन्द्र तालढुङ्गा हुँदै सिक्रेदोभानबाट हेटौंडा जोड्ने सडकमा पनि बहुबर्षिय ठेक्का हुन लागेको भन्दै ढुक्क हुन आग्रह गरे ।

जिल्ला समन्वय समितिका प्रमुख दिपक गौतमले नागरिकको झुपडीमा अझै गणतन्त्र नआएको भन्दै जनताले अनुभुती नगरिकन गणतन्त्र नआउने बताए । खानिखोलाको बिकासको लागि खानीखोला-तालढुङ्गा सडक बन्नुपर्ने तर्क गर्दै आगामी बजेटमा प्राथमिकता दिन संघीय र प्रदेश सभा सदस्यहरुलाई अनुरोध गरे ।

जिल्लाका १३ वटै स्थानीयलाई ६ वटा कल्ष्टरमा विभाजन गरेर प्रथम त्रैमासिक अवधीको समिक्षा गरिदै आएको बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख रिमबहादुर तामाङले खानीखोलाको समृद्धिको लागि आयआर्जनमा जोड दिनुपर्ने बताए ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनताको अधिकतम हित र सुबिधालाई ध्यान दिएर सेवा प्रवाह गर्नुपर्ने बताए ।

गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले जनप्रतिनिधी र सरकारी कार्यलयका प्रमुखहरुलाई खानीखोलाको विकासको लागि एकजुट भएर लाग्न अनुरोध गरे ।

नेपाल पत्रकार महासङ्घ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिनाले खानीखोलाको बिकटता बिस्तारै सुगमतातर्फ अघि बढेको भन्दै सबै क्षेत्र एकजुट भएर यहाँको बिकासको लागि लाग्नु पर्ने बताए ।

ताजा अपडेट

२०८१ भाद्र २१, शुक्रबार

गृह सचिवमा गोकर्णमणि दुवाडी

२०८१ भाद्र २१, शुक्रबार

टिकटक चल्ने बनाउन निर्देशन

२०८१ भाद्र २१, शुक्रबार

आज तीज पर्व, देशभर धुमधामसँग मनाइँदै

२०८१ भाद्र २०, बिहिबार

सुरु भयो तिज, आज दर खाने दिन

यो साताको प्रचलित

खोजी गर्नुहोस