बेथानचोकद्वारा खेलाडीलाई नगद ५० हजार पुरस्कार

  • काभ्रे खबर
  • / अटो /
  • २०८० चैत्र १६, शुक्रबार (४ महिना अघि)
  • ६० पटक पढिएको
बेथानचोकद्वारा खेलाडीलाई नगद ५० हजार पुरस्कार

ढुंखर्क ।अक्टोबर १९ देखि २१ तारिखसम्म बङ्गलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगततर्फसमेत गरी प्रतियोगितामा दुई ओटा पदक जित्नुहुने बेथानचोकका विष्णु खत्रीलाई गाउँपालिकाले नगद र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको छ ।

उहाँलाई गाउँपालिकाले एक कार्यक्रमबीच नगद रु. ५० हजार र प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको हो । बेथानचोक–५ भंगालाका खत्रीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्नु भएको थियो । प्रतियोगितामा उहाँले पुम्सेमा रजत हात पार्न सफल भएका भएको थियो भने टिम पुम्सेमा विष्णु खत्रीसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टिमले कास्यपदक मेडल हात पर्न सफल हुनु भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले विश्वस्तरको प्रदर्शन गर्दै गाउँपालिकाको मात्र नभई देशकै गरिमा बढाउनु भएकोमा खत्रीलाई धन्यवाद व्यक्त गर्दै उज्ज्वल खेल जीवनको कामना गर्नुभयो ।

यस्तै उपाध्यक्ष तारा राना तिमल्सिनाले खेलकुदको विकासका लागि गाउँपालिकाले लगानी गर्दै आइरहेको र प्रतिभा उत्पादन र प्रोत्साहनका गतिविधि गर्दै जाने बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु १ देखि ६ सम्म क्रमशः मधुसुधन तिमल्सिना, पुरुषोत्तम तिमल्सिना, कुवेर ढकाल, कृष्ण बहादुर लामा, राजकुमार वाइबा तथा विष्णु तामाङले पदकधारी खेलाडी खत्रीलाई बधाई दिनुभएको थियो । सम्मान पश्चात कार्यक्रममा सम्मानित खेलाडी खत्रीले सम्मानले आफूलाई थप उर्जा र हौसला मिलेको बताउनुभयो ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस