ठगी आरोपमा हास्यकलाकार इकु पक्राउ

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ भाद्र २६, बुधबार (१ हप्ता अघि)
  • ७५ पटक पढिएको

ठगी आरोपमा हास्यकलाकार इकु पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले कलाकार भिसामा विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम ठगी गरेको अभियोगमा कलाकार सुलेमान शङ्कर (इकु)लाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

सांस्कृतिक कार्यक्रममा कलाकार भिसामा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै विभिन्न व्यक्तिबाट लाखौँ रकम ठगी गरेको अभियोगका आधारमा इकुलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले राससलाई जानकारी दिए।

‘पक्राउ परेका सूर्यमानले नक्कली कागजात बनाउने, कलाकार भिसामा क्यानाडा, अष्ट्रेलिया तथा युरोपेली देशमा लैजाने भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा पक्राउ गरिएको हो,’ उनले भने।

इकुले विदेश लैजाने भन्दै एक जनाबाट कम्तीमा पनि १५ देखि २० लाखसम्म उठाउने गरेको जानकारी आएकाले उक्त विषयमा थप अनुसन्धान भइरहेको प्रवक्ता एवं प्रहरी उपरीक्षक बोगटीले बताए।

इकुलाई आजै जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान सिआइबीले जनाएको छ।

ताजा अपडेट

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका प्रस्थान

२०८१ आश्विन ४, शुक्रबार

प्रधानमन्त्री ओली अमेरिका जाँदै

यो साताको प्रचलित

खोजी गर्नुहोस