साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन १०, बिहिबार (३ हप्ता अघि)
  • ८५ पटक पढिएको

साउनमा मात्रै १ खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना साउनमा १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्समार्फत भित्रिएको तथ्य राष्ट्र बैंकको प्रतिवेदनले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले रेमिट्यान्स आप्रबाह बढी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १ अर्ब २ करोड पुगेको छ ।

अघिल्लो वर्ष ८७ करोड ९८ लाख रहेको थियो। साउनमा वैदेशिक रोजगारीका लागि संस्थागत तथा व्यक्तिगत–नयाँ श्रम स्वीकृति लिनेको ३६ हजार ९२८ रहेको प्रतिवेदनमा उल्लेख छ।

यस्तै, श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको जनाइएको छ।

साउन महिनामा चालु खाता ३० अर्ब ८९ करोड रुपैयाँले बचतमा रहेको छ। जस अनुसार चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा देखिएको छ।

गत वर्षको सोही अवधिमा चालु खाता १३ अर्ब ३७ करोडले बचतमा थियो। चालु खाता अमेरिकी डलरमा अघिल्लो वर्षको साउनमा १० करोड १३ लाखले बचतमा रहेको थियो। यो साउनमा २३ करोड ४ लाखले बचतमा रहेको प्रतिवेदनले औंल्याएको छ।

साउनसम्म खुद पुँजीगत ट्रान्सफर २२ करोड ३२ लाख रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक पुँजी लगानी आप्रवाह ७९ करोड ९८ लाख रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

ताजा अपडेट

२०८१ आश्विन ३०, बुधबार

देशभरको मौसम अनुकूल रहने

खोजी गर्नुहोस