चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ आश्विन १९, शनिबार (१ महिना अघि)
  • १४५ पटक पढिएको

चाडवाडका बेला कुनैपनि विमान होल्ड नगर्न मन्त्री पाण्डेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले चाडबाडका बेला अत्यावश्यक मानिने हवाई सेवालाई अवरुद्ध हुने गरि कुनैपनि गतिविधि नगर्न आग्रह गरेका छन्।

विमान परिचालकहरुको आन्दोलनपछि उडान रद्द हुँदा दुबई र हङकङका दुईवटा उडान रद्ध भएका थिए। ४५ वर्ष उमेर हदलाई हटाउन माग गर्दै आन्दोलन गरिरहेका क्याबिन क्रु (विमान परिचारक ÷परिचारिका ) हड्तालमा उत्रिएपपछि मन्त्री पाण्डेले आन्दोलनरत पक्ष र नेपाल एयरलाइन्सका प्रतिनिधिहरुलाई मन्त्रालयमा बोलाएर छलफल गरेका हुन्।

छलफलका कममा मन्त्री पाण्डेले चाडबाड र संकटको अवस्थामा कुनैपनि हालतमा सेवालाई नरोक्न आग्रह गरेका छन्।

‘निगमका कार्यरत परिचालिका र परिचालकको विषयमा सर्वोच्च अदालतले समेत दुई पटक छुट्टाछुट्टै आदेश दिएको छ । उक्त विषय अदालतले अन्तिम टुंगो लगाएको छैन,’ उलने भने, ‘यसबीचमा विनियमावली परिवर्तन गर्न मिल्छ कि मिल्दैन? यसबारे कानुनविद् र महान्यायाधिवक्तालाई बुझ्छौ। चाडबाड र संकटको अवस्थामा कुनै पनि हालतमा सेवालाई नरोकिदिनुहोस्।’

मन्त्री पाण्डेसँग उक्त कुरामा विमान परिचालिका एवम् परिचालकहरुले भने आजै पुनः छलफल गरि काममा फर्किने गरि टुंगोमा पुग्ने विश्वास दिलाएका छन्।
निगममा कार्यरत परिचारिका र परिचारकहरूको संस्था नेफाल वायुसेवा क्याबिन क्रु संघले ४५ वर्षपछि अनिवार्य अवकासमा जाने नियम, सेवा सुविधामा विभेद भएको भनी ०८० पुसमा सर्वोच्च अदालतमा रिट निवदेन दिएका थिए।

उक्त मुद्दाको किनारा लागेको छैन । निगमले ४५ वर्ष उमेर पुगेका क्याबिन क्रुको करार नवीकरण नगरेपछि असोज १६ यता उनीहरू पुनः आन्दोलनमा उत्रिएका थिए।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस