दोलखाको गौरिशंकर गाउँपालिकाको उपाध्यक्ष पदमा मंसिर १६ गते हुने उपनिर्वाचनको लागि उमेदवारी दर्ता सुरू भएको छ।
मुख्य निर्वाचन कार्यालयले निर्धारण गरेको समय अनुरूप नेपाली कांग्रेसको तर्फबाट गौरिशंकर–६ निवासी पासदिकी तमाङले उमेदवारी दर्ता गराएकी छिन्।
तमाङको उम्मेदवारी दर्ता गर्न कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, केन्द्रीय सदस्य एवम प्रदेश सभा सदस्य कुन्दन काफ्ले, कांग्रेस दोलखाका सभापति बर्मा लामा, उपासभापति अर्जुन शिवाकोटी, सचिव दावा साङगे शेर्पा, सचिव रञ्जितकुमार पाठक, पूर्वपार्टी सभापति रूद्र खड्का, ताराबहादुर कोइराला, उदवराज काफ्ले, कांग्रेस नेता तारा खड्का लगायत निर्वाचन कार्यालय पुगेका थिए।