सडक डिभिजन कार्यालय भक्तपुरले विपी राजमार्ग रातीको समयमा बन्द गर्ने भएको छ।
गत असोजमा आएको बाढी र पहिरोका कारण विपी राजमार्गको चौकीडाँडादेखि नेपालथोकसम्म अधिकांश ठाउँमा सडक ध्वस्त भएको थियो। डाइभर्सन बनाएर सडक सञ्चालन गरिए पनि अझै भरपर्दो नभएकाले रातीको समयमा सडक वन्द गरेर मर्मत गर्न लागिएको हो।
डिभिजन कार्यालयले आज एक सूचना जारी गर्दै आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि राती ९ बजेदेखि बिहान ४ बजेसम्म धुलिखेल–बर्षेखोला खण्ड बन्द रहने जनाएको छ।
चौकीडाँडा, नार्केबजार, कालढुंगा, माम्तीखोलासम्म डाइभर्सनको ममर्त कार्य रातीको समयमा हुने डिभिजन कार्यालयले जनाएको छ।