लिन इन्टरनेशनल स्कुलको २४औं वार्षिकोत्सव

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ फागुन २०, मंगलबार (३ घण्टा अघि)
  • २१ पटक पढिएको

लिन इन्टरनेशनल स्कुलको २४औं वार्षिकोत्सव

बनेपा । काभ्रेको बनेपामा रहेको लिन इन्टरनेशनल बोर्डिङ स्कूलको २४औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।

निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल ९प्याब्सन०को केन्द्रिय उपमहासचिव भिमसेन केसीको प्रमुख आतिथ्यता तथा लिन इन्टरनेशनल बोर्डिङ स्कूलका प्रबन्द निर्देशक कृष्ण कुमार भमणरी९शिशिर०को सभाध्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि केसीले एउटा कुशल नेतृत्वले कसरी विद्यालयलाई अगाडी बढाउन सकिन्छ भन्ने कुरा लिन इन्टरनेशनल बोर्डिङ स्कूलको व्यवस्थापन र यसले गरेको प्रगती नमुना बनेको छ । बनेपा नेपालको सबैजसो शहरका मानिसहरुकोब सोबास रहेको क्षेत्र भएका कारण पनि यहाँका व्यापार व्यवसाय र त्यससंगै सञ्द्धचालनमा रहन शैक्षिक संस्थाहरुको उतिकै महत्वपूर्ण भूमिका रहेको उनले बताए।

सो क्रममा उनले वर्तमान अवस्थामा अभिभावहरुले चाहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी निर्माणको चाहना राख्ने गरेको अवस्थामा अब त्यसको पूर्ण विद्यालयलाई मात्रै जिम्मा दिएर नभई अभिभावक र विद्यार्थी सबैको सामुहिक प्रयत्न आवश्यक रहेको र त्यसको नेतृत्व विद्यालयले गर्ने उनले बताए। प्रतिस्पर्धाले नै सबैलाई अब्बल बनाउने भएकाले विद्यालय विद्यालयबीचको प्रतिस्पर्धाले अझ अग्रगतिमा लैजानले भएकाले लिन स्कूलले त्यही मार्ग पछ्याईरहेको उनले बताए।

विद्यालयले अवलम्बन गरेका विभिन्न अवार्डहरुले पनि विद्यार्थी, शिक्षक र अभिभावकलाई प्रेरणा प्रदान गरिरहने भएकाले विद्यालयले लिएको नयाँ शैक्षिक क्रियाकलापका कारण पनि लिन स्कूल अब्बल बन्दै गएको उनको भनाई थियो । त्यससंगै अब उनले विद्यालयहरु प्रविधिमैत्री र विद्यार्थीमैत्री कार्यक्रमहरु सञ्चालन गर्दै अगाडी बढ्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा काभ्रे प्याब्सनका अध्यक्ष श्याम बहादुर भुजेलले माटो र युग सुहाउँदो शिक्षा दिन लिन इन्टरनेशनल बोर्डिङ स्कूल सफल बन्दै गएको बताए

‘व्यवहासिरक, प्रविधिमैत्री र जीवनउपयोगी शिक्षा दिनका लागि यस विद्यालय अब्बल रहेकोमा त्यसको लागि बधाई दिन चाहन्छु,’ उनले भने, ‘यसको उदाहरण विद्यार्थीहरुको प्रतिभाले नै पुष्टि गर्दछ।’

अब शिक्षकहरुलाई रचनात्मक र व्यवहारिब शिक्षामा थप प्रेरिरत बनाउँदै विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रलदान गर्नमा लाग्न्का लागि उनले आग्रह गरे । विद्यालयलाई उत्कृष्ट बनाउनका लागि विद्यलायले मात्रै नभइ शिक्षक अिभभावक र विद्यार्थी सबैको सामुहिक प्रयत्न आवश्यक रहेको कारण विद्यार्थीहरुलाई सधैं सफलतामा मात्रै केन्द्रित नभई असफलता भएमा त्यसबाट अझ नयाँ पाठ सक्ने र त्यसैबाट अझ अगाडि बढ्नका लागि पनि नयाँ प्रेरणा दिने भएकाले त्यसतर्फ पनि ध्इान दिन आग्रह गरे।

त्यसको लागि विद्यार्थीहरुलाई विद्यालयको मात्रै पूर्ण भरमा नबसेर आफुले पनि आफ्ना बालबालिकाहरुको लागि घरमा केही सयम दिनका लागि आवश्यक रहेकोमा जोड दिए।

सो क्रममा उनले शिक्षकहरुलाई विद्यार्थीका लागि किताबी ज्ञान मात्रै दिएन नपुग्ने भएकाले नैतिक शिक्षा र सिर्जनात्मक कलामा समेत जोड दिनका लागि आग्रह गरे। बालबालिकाले केमा बढी रुची राख्ने गरेका छन्, त्यसमा जोडेर शिक्षालाई अगाडी बढाउनका लागि उनले आग्रह गरे । ‘हरेक बालबालिकालाई रहरले असम्भव कुरालाई पनि सम्भव बनाउने र डरले सम्भरव कुरालाई असम्भव बनाउने गर्ने भएकाले डरमा होईन, रहरमा सिकाउन आवश्यक छ ।’ उनले भने।

विद्यालयका पूर्व विद्यार्थी सुप्रिय साहले विद्यालय स्तरमा शिक्षकहरुले दिनएको मार्गनिर्देशन र निरन्तरको प्रयासले नै आफु अहिले शैक्षिक मार्गमा अगाडी बढ्न सफल भएको भन्दै अहिले उच्च शिक्षा अभ्ययनको क्रममा पनि त्यही विद्यालय तहको जस्तो शिक्षकहरुको जस्तो सामिप्यता र मार्गदर्शको अभाव खट्किरहेको धारणा राखिन् ।


सो कार्यक्रममा विद्यार्थीहरुलाई शैक्षिक सत्रमा प्राप्त गरेको विभिन्न क्रियाकपला र खेलकुद गतिविधिहरुमा उत्कृष्ट हुने विद्यार्थीहरुलाई ट्रफी, मेडल र पुरस्कार वितरण गर्नुका साथै प्ले ग्रुपदेखि कक्षा दशसम्मका विद्यार्थीहरुले विभिन्न संस्कृति झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा विद्यालयका अभिभावक शिवहरी थापाले जगत बहादुर थापा, सुनिल थापा र धिरज थापाको नाममा अक्षयकोष खडा गरी यसै शैक्षिक सत्रबाट विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई छात्राबृत्ति वितरण गर्ने गरी ६ जना विद्यार्थीहरु प्ले ग्रुपतर्फ रुहानी श्रेष्ठ, प्रवन सुवाल, जुनयिर कक्षा १ देखि ५० कक्षातर्फ सोमु लामा, सोनिश लामा र सिनियरतर्फ ९कक्षा ६ देखि १००सम्मका स्वर्णिमा गौतम र राजिव गौतमलाई विद्यालय झोलासहित शैक्षिक सामग्री वितरण गरेको थियो । सो छात्राबृत्ति हरेक वर्ष निरन्तरता दिदै जाने विद्यालयले जनाएको छ।

कार्यक्रममा शैक्षिक सत्र २०८० मा एसईई पास गरेका विद्यार्थीहरुलाई मायाको चिनो वितरणसहित विदाई गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस