बनेपा। ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने नाराका साथ ६८ औ राष्ट्रिय सहकारी दिवस भब्यताका साथ मनाउने भएको छ । जिल्ला सहकारी संघ काभ्रेले ६८ औं राष्ट्रिय सहकारी दिवसमा बिबिध कार्यक्रम सार्वजनिक गरेको छ ।
संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा अन्तर सहकारी मैत्रिपूर्ण फुटसल, वृक्षारोपण र रक्तदान कार्यक्रम गर्ने भएको हो । संघले चैत १९ गते मंगलबार फुटसल प्रतियोगिता तथा चैत २० गते बृक्षा रोपण र खुल्ला रक्तदान कार्यक्रम गर्ने संघका ब्यवस्थापक अनिलकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
फुटसल प्रतियोगिता प्लेयर्स फुटसल नालामा बिहान ८ बजेदेखि हुनेछ भने फुटसलको पुरस्कार वितरण चैत २० गते बृक्षारोपण कार्यक्रम सम्पन्न भएपछि गरिने जनाइएको छ । फुटसलमा भाग लिन टिम दर्ताका लागि सहकारी संघ संस्थाले चैत १५ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने जनाइएको छ ।
चैत २० गते सहकारीहरुले देशभर विभिन्न कार्यक्रम गरि दिवस मनाउनेगरेका छन् । नेपालमा २०१३ सालमा चितवनमा बखान सहकारी संस्था स्थापना भएको दिनको सम्झनामा सहकारी दिवस मनाउने गरिएको छ।