नेपाल स्काउटको विवाद समाधानका लागि मन्त्रालयले बनायो समिति, आन्दोलन फिर्ता लिन अनुरोध

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ चैत्र १५, शुक्रबार (३ दिन अघि)
  • ९० पटक पढिएको

नेपाल स्काउटको विवाद समाधानका लागि मन्त्रालयले बनायो समिति, आन्दोलन फिर्ता लिन अनुरोध

काठमाडौं । नेपाल स्काउटमा देखिएको विवाद समाधानका लागि युवा तथा खेलकुद मन्त्रालयले अग्रसरता देखाएको छ।

पछल्लिो केही समययता नेपाल स्काउटको प्रधान कार्यालयमा देखिएको विवाद र भइरहेको आन्दोलनलाई टुंगोमा पु¥याउन पहलकमदी लिँदै मन्त्रलायले अध्ययन समिति गठन गरेको छ।

मन्त्रलायले ५ सदस्यीय अध्ययन समिति गठन गरेकोछ। जसको नेतृत्व मन्त्रलायकै मातहतका कर्मचारीले गर्ने छन्। जसमा अन्य दुई सदस्य मन्त्रलायकै कर्माचारी रहनेछन् भने एकजना नेपाल स्काउट र एक जना आन्दोलनरत पक्षका प्रतिनिधि रहनेछन्।

यस्तै, मन्त्रालयले आन्दोलन गरिरहेको ‘नेपाल स्काउट शद्धीकरण अभियान’लाई एक पत्र पठाउँदै अनसनलगायतका आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ। यस्तै, उसले अध्ययन समितिमा हरने एक जना प्रतिनिधि तोकेर सहयोग गर्न पनि आग्रह गरेको छ।

मन्त्रलायले लेखेको सो पत्र शुक्रबार मन्त्रलायका सहसचिव रामचरित्र मेहताले नेपाल स्काउटका प्रमुख आयुक्त देवराज घिमिरे र आयुक्त एवम् सहजीकरण समितिका संयोजक सन्तोष कुमार थापाको रोहबरमा ‘नेपाल स्काउट शद्धीकरण अभियान’का प्रतिनिधिलाई बुझाएको नेपाल स्काउटले जनाएको छ।

नेपाल स्काउट सदैव संवादबाट समस्याको समाधान गर्न तयार रहेको र यसै सन्दर्भमा मन्त्रालयले गठन गरेको अध्ययन समिति मार्फत पछिल्लो समय देखिएको समस्या यथासिघ्र समाधान हुने कुरामा दृढ रहेको नेपाल स्काउटले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस