रोशीको गाउँसभाको १६औं अघिवेश सम्पन्न

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ चैत्र १५, शुक्रबार (३ दिन अघि)
  • ७१ पटक पढिएको

रोशीको गाउँसभाको १६औं अघिवेश सम्पन्न

काभ्रे । रोशी गाउँपालिकाको गाउँसभाको १६औं अधिवेशन सम्पन्न भएको छ । शुक्रबार गाउँपालिका अध्यक्ष दिनेश लामाको सभाध्यक्षतामा गाउँ अधिवेशन सम्पन्न भएको हो।

गाउँ सभाले शिक्षा विधेयक २०८१ र विज्ञापन विधेयक २०८१ पास गरेको छ । गाउँपालिकाका उपाध्यक्ष मिमबहादुर वाईबाले प्रस्ताव गरेको विभिन्न प्रस्तावहरु सभाले पास गरेको छ । त्यसरी नै सभाले विनियोजन ऐन माथिको संशोधन प्रस्ताव र लेखा समिति, विधेयक समिति र विकास तथा सुशासन समितिका सदस्य मनोनयन प्रस्ताव पारित गरेको छ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १२ का वडाध्यक्ष वसन्तकुमार लामाले चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेनमा रोशी गाउँपालिकाका नागरिकको आर्थिक, सामाजिक, सांस्कृतिक, शासकीय र पूर्वाधारको विद्यमान अवस्थमा सकारात्मक परिवर्तन ल्याई समग्र क्षेत्रको सुधार गरी उल्लेखनीय कार्य गरेको उल्लेख गरेका छन्।

चालु आर्थिक बर्ष २०८१र०८२ मा कुल ६५ करोड ७७ लाख ९८ हजार आय र व्यय हुने अनुमान गरेकोमा ४४ करोड ३४ लाख ६० हजार ८ सय ९१ आय भएकोमा ३२ करोड ७१ लाख ७३ हजार ८ सय व्यय भएको प्रवक्ता लामाले जानकारी दिए । जसमा ४९ दशमलव ७३ प्रतिशत व्यय भएको छ ।

न्ययिक समितिमा ९ वटा उजुरी परेकोमा ५ वटाको मिलापत्र भएको र ४ वटा बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरेको छ । उक्त कार्यक्रममा रोशी गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष धनजित लामाले सभामा शुभकामना मन्तव्य राखेका थिए । सभाले आर्थिक बर्ष २०८१र०८२ को अर्धबार्षिक प्रगती प्रतिवेदन र न्यायिक समितिको अर्धबार्षिक प्रतिवेदन समेत पास गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस