काभ्रे । नेपाल विद्यार्थी संघ काभ्रेपलाञ्चोकले २०८१ चैत्र ५ गते सम्पन्न स्वतन्त्र विद्याथी युनियन (स्ववियु) निर्वाचनमा नेविसंघको तर्फबाट निर्वाचित उमेदवारहरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ ।
शनिबार नेपाली काङ्ग्रेस जिल्ला कार्यालय बनेपामा आयोजित कार्यक्रममा जिल्लाका १६ क्याम्पसमा निर्वाचित स्ववियु पदाधिकारीहरुलाई बधाई तथा शुभकामनासहित सम्मानपत्र प्रदान गरिएको हो ।
नेपाली काङ्ग्रेस काभ्रेका सभापति तिर्थ लामाले उनिहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्ने उनले नेपाली काङ्रेसको नर्सरीको रुपमा रहेको नेविसंघमार्फत लोकतन्त्र, विकास र न्यायको पक्षमा लाग्न अनुरोध गरे ।
कार्यक्रममा उपसभापति ठाकुर न्यौपाने, रमेशप्रसाद हुमागाई, सचिव माधव ढकाल, प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेमकुमार तामाङ, महासमिति सदस्य जितेन्द्रमान तामाङ (दावा लामा), नेपाली काङ्रेसका नेता भगवान अधिकारी, प्रदेश सभा क्षेत्र नं २ (ख) का सचिव युगेश्वर कायस्थ, मण्डनदेउपुर नगर सभापति कश्यप पौडेल उपस्थित थिए।
यस्तै, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उज्वल प्रधान, सम्पुर्ण थापा, अनिता सापकोटा, प्रेम थोकर, प्रतीक महत, नेपाल विद्यार्थी संघ काभ्रेका सभापति अन्जनराज खतिवडा, उपसभापति योगेश मोक्तान लगायतले विद्यार्थीको अधिकार स्थापित गराउन स्ववियु पदाधिकारी र नेपाल विद्यार्थी संघलाई अनुरोध गरेका थियो ।