प्रेमिका मारेर फरार प्रेमी पक्राउ

  • काभ्रे खबर
  • / अन्य /
  • २०८१ चैत्र १८, सोमबार (२ दिन अघि)
  • ७८ पटक पढिएको

प्रेमिका मारेर फरार प्रेमी पक्राउ

काभ्रे । आफ्नै प्रेमिकालाई मारेर फारार रहेका युवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रेमिकालाई मारेर फरार भएका युवक भरत बुढाथोकीलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलीले विरगंजनाकाबाट पक्राउ गरेको हो । उनी गत फागुन १४ गते विहान आफ्नी प्रमीकालाई मारेर आफ्नो मोवाइल समेत त्यहि होटलमा छाडेर फरार भएका थिए ।

युवकले २३ बर्षिया युवती शर्मिला श्रेष्ठलाई बनेपामा रहेको होटलमा बोलाएर घाँटी थिचेर हत्या गरेको प्रारम्भिक बयान दिएका छन् । इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार युवक र युवती प्रेम सम्बन्धमा रहेको तथा पछिल्लो समय युवतीले युवकसँग भेट्न नमानेपछि घाटी थिचेर हत्या गरेको स्वीकारेको जानकारी दिए । हत्या गरेर फरार रहेका युवकलाई पक्राउ गर्न इलाका प्रहरी कार्यालय बनेपाको सीभील टोली बिरजंजनाका पुगेको थियो ।

रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका वडा नम्वर २ हिलेचौर घर भई काठमाडौको बालाजुमा डेरा गरी बस्ने २७ बर्षिय भरत बुढाथोकीले रामेछाप जिल्ला खाडादेवी नगरपालिका वडा नम्वर ७ स्थायी घर भई बनेपा ६ बुडोल बस्दै आएकी शर्मिला श्रेष्ठलाई शुरुमा फकाई नमानेपछि जवरजस्ती तान्दै होटलमा लगेर हत्या गरेको सिसिटिभी फुटेजमा देखिएको थियो । १४ गते विहान घरबाट बेपत्ता भएको उजुरी परिवारका सदस्यले प्रहरीलाई दिएका थिए उनको शव भोलिपल्ट २०८१ फागुन १५ गते साँझ मृत अवस्थामा होलको कोठामा युवती फेला परेकी थिईन् ।

शर्मिला र भरतको बोलचाल तथा अन्य सम्वन्धका आधारमा उनी माथी शंका गरी खोजतलास शुरु गरिएको थियो । होटलमा प्रवेश गर्दाको सिसिटिभी फुटेज तथा अन्य रेकर्डका आधारमा भरतले नै शर्मिलालाई बन्धक बनाई हत्या गरेको खुलेपछि प्रहरी उनको खोजीमा लागेको थियो बिहिबार पक्राउ गरेर ल्याइएको युवकलाई शुक्रबार ५ दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस