राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड -आरपिजीसीएल_का प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनीयर सागर श्रेष्ठले शपथ ग्रहण लिएका छन्।
आरपिजीसीएलको चैत १८ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सिईओमा नियुक्त हुनुभएका श्रेष्ठले आज ऊर्जा मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शपथ ग्रहण लिएका हुन्।
उनलाई कम्पनीका अध्यक्ष एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले शपथ ग्रहण गराए। यसअघि उनी ललितपुरस्थित जनकपुर इञ्जिनीयर कलेजको प्रिन्सिपल हुन्। उनलाई चार वर्षको कार्यकालका लागि नियुक्त गरिएको हो।
शपथग्रहण समारोहमा ऊर्जामन्त्री खड्काले सरकारले लिएको ऊर्जा विकासको लक्ष्यलाई पूरा गर्न प्रसारण लाइनको महत्त्वपूर्ण भूमिका रहेको भन्दै विद्युत् प्रसारण प्रणालीलाई व्यवस्थित, भरपर्दो तथा प्रभावकारी बनाउने गरी काम गर्न निर्देशन दिए।
मन्त्री खड्काले कतिपय जलविद्युत् आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावका कारण उत्पादित विद्युत् खेर जानुपर्ने अवस्था सिर्जना भएको भन्दै अब त्यस्तो समस्या उत्पन्न हुन नदिनेगरी काम गर्न निर्देशन दिए।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड (आरपीजीसीएल) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा काभ्रेपलान्चोकका सागर श्रेष्ठ नियुक्त भएका हुन।
सोमबार नेपाल विद्युत् प्राधिकरणको अनबन्डलिङ नीति अन्तर्गत गठन गरिएको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रेष्ठ भएका हुन्।