बनेपा । जिल्ला सहकारी संघले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा गरेको मैत्रीपूर्ण फुटसल ज्योती मिर्मिरे सामुहिक बचत तथा ऋण सहकारी संस्था पनौतीले जितेको छ ।
फाइलनमा भएको प्रतिस्पर्धामा इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्थालाई हराउँदै ज्योती मिर्मिरे सामुहिकले जित हासिल गरेको हो ।
बनेपा वडा नं ४ स्थित प्लेयर्स फुटसलमा भएको खेलमा सहकारीका २८ टिमको सहभागिता थियो । पनौतीको इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्था दोस्रो हुँदा पनौतीकै रोशी बचत तथा ऋण सहकारी संस्था तेस्रो भएको छ ।
प्रारम्भिक सहकारी संस्था र जिल्ला सहकारी संघविच सहकार्य बृद्धिको लागि यस्ता रचनात्मक कृयाकलाप सञ्चालन गरेको जिल्ला सहकारी संघका अध्यक्ष अमन पोटे श्रेष्ठले जानकारी दिए ।
बनेपा नगरपालिका प्रमुख शान्तीरत्न शाक्यले फुटसल शुभारम्भ गरेका थिए ।
काभ्रेपलाञ्चोकमा राष्ट्रिय सहकारी दिवसको अवसरमा चैत्र २० गते बुधवार झण्डोत्तलनका साथै संघको कार्यालय परिसरमा वृक्षारोपण र रक्तदान गरिनेछ।
फुटसलको पुरस्कार वितरण सोही दिन कार्यक्रममा वितरण गरिने जिल्ला सहकारी संघका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार श्रेष्ठले जानकारी दिए ।