अस्थिरतालाई स्थिरता दिन यो गठवन्धको सरकार : पूर्व परराष्ट्रमन्त्रि साउँद


अस्थिरतालाई स्थिरता दिन यो गठवन्धको सरकार : पूर्व परराष्ट्रमन्त्रि साउँद

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्रि एन पी साउँदले अस्थिरतालाई स्थिरता दिन दुई ठुला दल बिच गठवन्धको सरकार वनेको बताएका छन् ।

आज नेपाल प्रेस युनियन डोटी शाखाले दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले त्यस्तो बताउनु भएको हो । 

प्रजातान्त्रिक पक्रियालाई कमजोर गर्ने गरी केही तत्त्व तथा शक्तिहरू काम गरी रहेको उनले आरोप लगाएका छन् । ती शक्तिहरूको सामना गर्ने गरी प्रजातान्त्रिक मूल्य मान्यता विश्वास गर्ने शक्तिहरूलाई एक ठाउँमा गोलबद्ध गरेर अगाडी बढ्न आवश्यक रहेको उनले बताए ।

नेपालको राजनीतिकलाई संस्थागत गर्ने दिगो बनाउने र जनाताका आशा अपेक्षा चाहनालाई काँधमा बोकेर तिनलाई पुरा गर्ने पार्टी काँग्रेस भएको समेत उनले बताए ।

प्रधानमन्त्रीको चिन भ्रमण सफलता शुभकामना व्यक्त गर्दै मित्र राष्ट्र वाट हुने सम्झौता गठबन्धनको सहमति विना नहुने समेत उनले बताए । 

खुटिया दिपायल उरै भन्ज्याङ सम्मको फास्ट ट्याकको काम सरकारले अगाडी बढाइँ रहेको उनले बताए । त्यस्तै पश्चिम सेती परियोजनाको भारती कम्पनीले काम गरी रहेको र भारत सरकालाई यसलाई नियमित अगाडि सरकार भनिरहेको उनले बताए । 

कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि सरकार अहिले पनि लागि रहेको उनले बताए ।

ताजा अपडेट

२०८१ पौष १०, बुधबार

काठमाडौं आइपुगे सोनु निगम

२०८१ पौष १०, बुधबार

आज क्रिसमस डे मनाइँदै

खोजी गर्नुहोस