काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने काभ्रे कांग्रेसको निर्णय


काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने काभ्रे कांग्रेसको निर्णय

बनेपा/नेपाली कांग्रेस काभ्रेले असोज दोस्रो साताको अविरल बर्षापछिको बाढी र पहिरोको कारण काभ्रेमा ज्यान गुमाएका ७८ जनाकै परिवारमा पुग्ने निर्णय गरेको छ शुक्रवार बसेको जिल्ला कार्यसमितिको बैठकले शोक प्रस्ताव पारित गर्दै मृतकका परिवारलाई समवेदना प्रकट गर्न र अवस्था बुझ्न १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नै पुग्ने निर्णय गरेको हो ।

‘यसअघि उद्धार, राहत र सहयोग लिएर सम्बन्धित पालिकामा हामी, पार्टीका साथीहरु र भातृ संगठनहरु पुगिसकेका छौं, मृतक सबैका परिवारलाई समवेदना दिन र अवस्था बुझ्न जिल्ला कार्यसमिति र पार्टीका नेता कार्यकर्ताहरु अनिवार्य जाने निर्णय गरेका छोैं,’ निर्णय सुनाउँदै जिल्ला सभापति तीर्थ लामाले भने । उनका अनसार, जिल्लाका पदाधिकारी, नेताहरु १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा पुग्नेछन् भने जिल्ला सदस्यहरु सम्बन्धित भूगोलमा ज्यान गुमाउनेका परिवारमा अनिवार्य पुग्नुपर्नेछ । उनीहरुले समवेदना प्रकट गर्नुका साथै आवस्यकताका आधारमा सहयोग पनि गर्नेछन् ।

बैठकले बाढी र पहिरो प्रभावित काभ्रेका १३ वटै स्थानीय तहलाई विपद संकटग्रस्त पालिका घोषणा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । विपद प्रभावित काभ्रेमा खानेपानी, सडक पूर्वाधारको समस्या भएको भन्दै कांग्रेसले तत्कालको लागि अनुदान पठाउन पनि माग गरेको छ । विपदपछिको उद्धार, राहतमा खटिने पार्टीका नेता कार्यकर्ता र सम्बद्ध सबैमा कांग्रेसले आभार पनि प्रकट गरेको छ ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस