नेविसंघ अध्यक्षमाथि भएको सांघातिक आक्रमणको कांग्रेस मोरङद्वारा भर्त्सना


नेविसंघ अध्यक्षमाथि भएको सांघातिक आक्रमणको कांग्रेस मोरङद्वारा भर्त्सना

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा नेविसंघ मोरङका जिल्ला सभापति सरोज पोख्रेलमाथि भएको आक्रमणको मोरङ काङ्ग्रेसले भत्र्सना गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सन्दर्भमा विद्यार्थीहरूसँग छलफल गर्न पुगेका नेविसंघ सभापति सरोज पोखरेल लगायत विद्यार्थी नेतामाथि फाल्गुन १५ गते भएको सांघातिक आक्रमणप्रति नेपाली काङ्ग्रेस मोरङले विज्ञप्ति मार्फत आपत्ति जनाएको हो ।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको भर्त्सना गर्दै दोषीमाथि तत्काल कडा कारबाही गर्न माग गरेका छन्। विज्ञप्तिमा शैक्षिक संस्थाभित्रै विद्यार्थी नेतामाथि हातपात गर्नु निन्दनीय भएको उल्लेख गर्दै दोषी पहिचान गरी कानुनी कारबाहीको माग गरिएको छ।

घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायसँग कांग्रेस मोरङले जोडदार माग गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस