नेपाली कांग्रेस काभ्रे काठमाडौं सम्पर्क समितिमा नयाँ समिति चयन भएको छ। समितिले सर्वसम्मतरुपमा बद्री राज तिमल्सिनाको सभापतित्वमा समिति बिस्तार गरेको हो।
समितिको उपसभापतिमा नमोबुद्धका कृष्णबहादुर लामा, सिर्जना खनाल, भुम्लुका एक ब. बुढाथोकी, सचिवमा तेमालका राजन प्र० मैनाली, बेथानचोकका उद्धव तिमल्सिना, सहसचिवमा पनौतीका सुरेन्द्र फौंजु, भुम्लुका विरेन्द्र लामा, मण्डनदेउपुरका बैकुण्ठ डोटेल र कोषाध्यक्षमा रोशीका राजन गौतम छन् ।
सदस्यमा बनेपाका राजन दाहाल, विश्वमान वादे, धुलिखेलका प्रदिप धिताल, राजु लामा, विरता श्रेष्ठ, पाँचखालका सरोज श्रेष्ठ, पनौतीका दिपक थापा, अनिता अधिकारी, भवानी थापा, राम सुनुवार, कृष्ण गोच्छे, सुनिल दुवाल, मण्डनदेउपुरका विष्णु नेपाल, भरत सापकोटा, दिनेश घोरसाइने, सम्राट पराजुली, रामप्रसाद पौडेल, रमेश कुवर, तेमालका विरबहादुर दोङ,रामलाल तामाङ, नमोबुद्धका अभिजित स्याङतान, राज स्याङतान, रेशम वर्देवा, रोशीका पदम लामा, सुमन लामा, मौसमी लामा, हरिबहादुर मोक्तान, मिकराज लामा, ठुलोकान्छा तामाङ, अभिषेक तामाङ, खानीखोलाका राजकुमार घिसिङ, बेथानचोकमा दिना स्याङतान, भुम्लुका सुदर्शन पराजुली, महाभारतका इन्द्रबहादुर मोक्तान, गोविन्द तिमल्सिना छन् ।