रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी हटायो

  • काभ्रे खबर
  • / रा.स्व.पा. /
  • २०८१ भाद्र ११, मंगलबार (२ हप्ता अघि)
  • ५८ पटक पढिएको

रास्वपाले मुकुल ढकाललाई साधारण सदस्य नरहने गरी हटायो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संस्थापक महामन्त्री मुकुल ढकाललाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ।

रास्वपाको केन्द्रीय समितिको मंगलबार बिहान बसेको बैठकले ढकाललाई साधारण सदस्य समेत नरहने गरी हटाएको हो।

यसअघि रास्वपाल ‘साधारण सदस्यबाट किन नहटाउने?’ भन्दै ढकाललाई २ पटक स्पष्टीकरण सोधेको थियो।

अनुशासन आयोगले गरेको सिफारिसअनुसार ढकाललाई केन्द्रिय किमिटीले साधारण सदस्यबाट हटाएको हो।

ढकालले पार्टी सुदृढीकरणका लागि भन्दै बनाएको प्रतिवेदनमा पार्टी अनुशासन विपरीतका कुराहरू समेटेको, पार्टीका अहित हुने खालका गतिविधि गरेको लगायतका आरोपमा पार्टीले उनलाई यसअघि महामन्त्रीबाट निलम्बन गरेको थियो।

आफू माथिको कारबाही वैधानिक नरहेको उल्लेख गर्दै ढकालले निर्वाचन आयोगमा निवेदन दिएका छन्।

रास्वपा केन्द्रीय समिति अद्यावधिक नगर्न उनले आयोगसँग आग्रह गरेका छन्। ढकालले दिएको निवेदनमा आयोगले हालसम्म कुनै निर्णय लिइसकेको छैन।

 

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस