देउवाले बोलाए पदाधिकारी बैठक


देउवाले बोलाए पदाधिकारी बैठक

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल गरी सहमती जुटाउन पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बोलाएका छन्।

शनिबार बिहान ९ बजे देउवा निवास बुढानीलकण्ठमा पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बस्ने तय भएको छ।

आगामी १६ भदौमा बस्ने केन्द्रीय कार्यसमिति समिति बैठकअघि महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति जुटाउन छलफल हुने छ।

प्रतिवेदनका बिषयमा सभापति देउवाले विहीबार विहान पनि दुई महामन्त्रीको प्रस्तावका बिषयमा उपसभापति र महामन्त्रीसँग छलफल गरेका थिए।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस