कांग्रेस महानगर समितिले उठायो बालेनको कार्यशैलीमाथि प्रश्न

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ भाद्र २१, शुक्रबार (१ हप्ता अघि)
  • ८१ पटक पढिएको

कांग्रेस महानगर समितिले उठायो बालेनको कार्यशैलीमाथि प्रश्न

नेपाली कांग्रेस काठमाडौं महानगर समितिले काठमाडौंका मेयर बालेन साहको कार्यशैलीप्रति प्रश्न उठाएको छ।

शुक्रबार बसेको कांग्रेसको महानगर समितिको बैठकले बालेनको कार्यशैलीमाथि प्रश्न उठाएको हो। बैठकपछि नगर सभापति निलकाजी शाक्य र महानगरको मेयर उम्मेदवार नेतृ सिर्जना सिंहले संयुक्त विज्ञप्ति जारी गर्दै बालेनको कार्यशैलीप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा काठमाडौ महानगरमा पर्ने नदी किनारमा २० मिटर छाड्नुपर्ने मापदण्डका विषयमा मेयर साहले महानगरवासीको हितमा काम नगरेको उल्लेख छ।

‘काठमाडौं महानगर क्षेत्रभित्रका नदीनालाको किनारमा पशुपतिनाथ, गुह्येश्वरी, टेकु, पचलीघाट, शोभा भगवती लगायतका शक्तिपीठहरू, घाटहरू, मन्दिरहरू र परापूर्वकालदेखि बसोबास हुँदै आएका पुराना बस्तीहरु पर्दछन्,’ विज्ञप्तिमा उल्लेख छ, ‘यस निर्णयले स्थानीय वासिन्दाहरुको पुराना बस्ती, वासस्थान र धार्मिकसांस्कृतिक सम्पदाको अस्तित्व जोखिममा पर्ने तथा कालन्तरमा लेप हुने सम्मको अवस्था सिर्जना भएको नेपाली काग्रेस काठमाडौं महानगर समितिले महसुस गरेका छ।’

कानुन बमोजिम नगरवासीहरुको हितका लागि यसअघि सर्वोच्च अदालतबाट भएका फैसला अनुसार सम्पत्ति र वासस्थानको संविधान प्रदत्त हकप्रति ध्यान नदिएको दाबी विज्ञप्तिमा गरिएको छ । मेयर बालेनले महानगरको कार्यपालिकाको बैठक वा कार्यकालिका सदस्यहरुसँग छलफल समेत नगरी एकल निर्णयवाट पत्रिकामा प्रकाशित सूचनाका कारण नगरवासीहरुलाई आतङ्कित बनाएको भन्दै विज्ञप्तिमा खेद प्रकट समेत गरिएको छ।

काठमाडौ महानगर प्रमुखको नेतृत्वमा गरिएको कामहरूले नागरिकहरुको हित र आवश्यकतालाई प्राथमिकता नदिएको ठहरसहित समस्या निराकरणका लागि राज्यका तीनै अंगमा ज्ञापनपत्रसहित अनुरोध गर्ने निर्णय समेथत कांग्रेस काठमाडौं महानगर समितिले गरेको छ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस