बालेनको तस्बीर अंकित टिसर्ट लगाएका युवायुवतीलाई इन्द्रजात्राबाट निकालियो

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ आश्विन १, मंगलबार (२ दिन अघि)
  • ७२ पटक पढिएको

बालेनको तस्बीर अंकित टिसर्ट लगाएका युवायुवतीलाई इन्द्रजात्राबाट निकालियो

इन्द्रजात्राको अवसरमा वसन्तपुरमा आयोजित समारोहमा काठमाडौंका मेयसर बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवतीलाई प्रहरीले हटाएको छ।

प्रहरीले हटाएका कारण बालेन शाहको तस्बीर अंकित टिसर्ट लगाएर उपस्थित भएका युवायुवती समारोहस्थल बाहिर निस्केका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने समारोहमा विरोध हुनसक्ने संभावनालाई मध्येनजर गर्दै प्रहरीले उनीहरुलाई समारोह स्थलबाट हटाएको जनाइएको छ। उक्त समारोहमा मेयर बालेनको उपस्थिति भने निश्चित छैन। उनी भारत भ्रमणमा छन्।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस