‘संविधान संशोधन मात्र होइन कमजोरी नगर्ने प्रतिबद्धता आवश्यक छ’

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ आश्विन ३, बिहिबार (७ घण्टा अघि)
  • ५५ पटक पढिएको

‘संविधान संशोधन मात्र होइन कमजोरी नगर्ने प्रतिबद्धता आवश्यक छ’

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले संविधान संशोधनसँगै अहिलेसम्म गरेका कमजोरीहरुलाई केलाएर आगामी दिनमा कमजोरी नगर्ने प्रतिबद्धता पनि गर्न आवश्यक रहेको बताएका छन्।

किहीबार कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभाग एवं नेपाल डेमोक्रेटिक लयर्स एशोशिएसनले आयोजना गरेको ‘संविधानको समीक्षा, संशोधन र चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले संविधान संशोधनमा जाँदै गर्दा भ्रष्टाचार र संशोधनपछि पाँच वर्षसम्म स्थिर प्रधानमन्त्री पाउछ कि पाउदैँन भन्ने कुरा मुख्य हुने बताए।

उनले विश्वप्रकाश शर्माले समयसापेक्ष संशोधनले नै संविधानले दीर्घजीवन प्राप्त गर्ने बताए। उनले संविधानको सफलताका लागि सफल कार्यान्वयन, समयानुकूल परिमार्जन, संविधान अनुकूलको रुप प्रवृत्तिको विकास र व्यवस्था परिवर्तनमार्फत अवस्था रुपान्तरणको विषय महत्वपूर्ण भएको बताए।

‘आवश्यकताअनुसार संविधान संशोधनको विषय दशकौँसम्म चलिरहन्छ, बदलिएको नागरिकको आवश्यकताअनुसार त्यस बेला रुपान्तरण गर्दै लैजानुपर्छ, संघीयता, समानुपातिक समावेशीको जगमा अडिएर संविधान संशोधन गर्दै गर्दा यसलाई अझ बलियो बनाउने काम हुन्छ, कांग्रेस जिम्मेवार दलका रुपमा प्रतिबद्ध छ,’ महामन्त्री शर्माले भने।

हरेक दलका विमतीबीच संविधान संशोधन गर्नु चुनौतीपूर्ण रहेको बताउँदै उनले संशोधनका विषयमा सबै दलबीच भएको सहमतिका बुँदा पहिचान गर्न सक्नुपर्ने उल्लेख गरे। संशोधनले दीर्घजीवन प्राप्त गर्ने भन्दै महामन्त्री शर्माले कांग्रेस बदलिँदो परिस्थितिअनुसार संविधान संशोधन गर्न संयम भएर लाग्ने बताए।

‘संविधान संशोधनमा एमाले र माओवादी केन्द्रलाई सँगसँगै लिएर जानुपर्छ, माओवादी केन्द्रसहितको सहकार्य जरुरी छ, उसले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्छ, माओवादी केन्द्रले आवेगमुक्त भएर संशोधनमा सहयोग गर्नुपर्छ’ उनले भने।

महामन्त्री शर्माले अहिले प्रदेशका मुख्यमन्त्रीहरुले आसन पायौं, शासन पाएनौं भन्ने गरेका उल्लेख गर्दै त्यसलाई सम्बोधन गर्दै संविधान कार्यान्वयन गर्न झण्डै तीन दर्जन कानुन बनाउन बाँकी रहेको अवस्थामा संविधान संशोधनको मुद्दा अगाडि बढिरहेको बताए।

संविधानका कमजोरीलाई केलाएर सुधार नगर्ने हो भने संशोधनको कुनै औचित्य नहुने उनले उल्लेख गरे।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस