बिआरआई आयोजना अनुदानमा मात्र स्वीकार हुन्छ : देउवा

  • काभ्रे खबर
  • / राजनीति /
  • २०८१ मंसिर १०, सोमबार (२ घण्टा अघि)
  • २७ पटक पढिएको

बिआरआई आयोजना अनुदानमा मात्र स्वीकार हुन्छ : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ परियोजना बीआरआईमार्फत अनुदानमा सहयोग लिइने बताएका छन्।

प्रजातन्त्र सेनानी अरबिन्द ठाकुरको शालिक अनावरण गर्न सोमबार जनकपुरधाम आएका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै बीआरआईमार्फत ऋण नलिएर अनुदानमा सहयोग लिनुपर्ने कांग्रेसको अडान रहेको दोह¥याएका हुन्।

‘बीआरआई परियोजनामा हामी प्रस्ट छौं । ऋण होइन अनुदान लिनुपर्छ,’ जनकपुर विमानस्थलमा सोमबार सञ्चारकर्मीसित कुरा गर्दै कांग्रेस सभापति देउवाले भने, ‘बीआरआई परियोजनामा छलफल जारी छ । छिट्टै एउटा निष्कर्षमा पुगिन्छ ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने पनि बताए। त्यस्तै सभापति देउवाले सत्ता गठबन्धनमा कुनै खटपट नभएको पनि बताए।

‘संघीय सरकारमा कुनै खटपट छैन । यो गठबन्धन रहिरहन्छ,’ देउवाले भने, ‘मधेश प्रदेश सरकारको हकमा भने कांग्रेसको मात्रै निर्णयले पुग्दैन। अरु दलहरुले पनि निर्णय गर्नुपर्ने हुन्छ।’

ताजा अपडेट

२०८१ मंसिर १०, सोमबार

एनपिएलको ट्रफी सार्वजनिक

२०८१ मंसिर १०, सोमबार

सुनको मूल्य झण्डै १६ हजार घट्यो

खोजी गर्नुहोस