काभ्रे बहुमुखी क्याम्पसमा ‘स्पोर्टस हल’ मुख्य मन्त्रीले गरे उद्घाटन

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ भाद्र २९, शनिबार (४ दिन अघि)
  • १११ पटक पढिएको

काभ्रे बहुमुखी क्याम्पसमा ‘स्पोर्टस हल’ मुख्य मन्त्रीले गरे उद्घाटन

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् । शनिबार काभ्रेको बनेपास्थित काभ्रे बहुमुखी क्याम्पसमा निर्मित स्पोर्ट्स हलको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका हुन् । 

क्याम्पसमा निर्मित स्पोर्ट्स हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताउँदै उनले भने, ‘खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्नेछ ।
’प्रदेश सभा सदस्य कञ्चनचन्द्र बादेले काभ्रे क्याम्पसमा स्थापना गरिएको स्पोर्ट्स हल जिल्लाको खेलकुद विकासमा महत्त्वपूर्ण कदम भएको भन्दै कुलतमा फसेका युवालाई सुधार्नको लागी पनि उपयोगी हुने बताए ।
बनेपा नगर प्रमुख शान्तीरत्न शाक्यले खेलकुदको विकासको लागी बनेपा नगरपालिकाले लगानी गर्न खोजेको भन्दै प्रदेशबाट सहयोगको अपेक्षा गरे । नगरपालिकाले टेवल टेनिसको प्रशिक्षण समेत चलाएको भन्दै राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने दावी गरे ।

उपप्रमुख विमला सापकोटा दाहालले बनेपामा खेलकुदको सम्भावना भएको भन्दै त्यसका लागि पुर्वाधार तयार गर्नुपर्ने बताइन् ।
कार्यक्रममा काभ्रे बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष लम्वोदर कायस्थ, क्याम्पस प्रमुख केजि बैदारले बनेपा नगरपालिकासंग सहकार्यमाकार्यमा क्याम्पसमा स्पोर्ट्स हल सन्चालन गर्न पाएकोमा आभार प्रकट गरे ।

बनेपा नगरपालिकाको करिव ४० लाख आर्थिक सहयोगमा क्याम्पसको छत उपयोग गर्दै ‘टेबल टेनिस कभर्ड हल’ निर्माण गरिएको हो ।

‘केएमसी स्पोर्टस हल’ नाम दिइएको हलमा अहिले ११ वटा टेबल टेनिस बोर्ड छन् ।
प्रतियोगिता र प्रशिक्षणको लागि हल प्रयोग गरिनेछ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस