यू–१७ साफ : पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ आश्विन ५, शनिबार (२ महिना अघि)
  • १३९ पटक पढिएको

यू–१७ साफ : पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

नेपाल यू–१७ साफ च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएको छ। भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भयो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ८१ औं मिनेटमा खेलमा पाकिस्तानले अग्रता लियो। पाकिस्तानका अब्दुल सामदको कर्नरमा मोहमद तल्हाले हेडिङमार्फत गोल गरेका थिए। त्यसपछि गोल नहुँदा नेपाल पराजित भयो।

खेलमा नेपालले गोल थुप्र्रै अवसर सिर्जना गरेपनि त्यसलाई गोलमा परिणत भने गर्न सकेन। पाकिस्तानले लामो समयपछि यू–१७ साफ च्याम्पियनसिप खेलेको हो।

अब नेपालले सेप्टेम्बर २३ मा श्रीलंका र सेप्टेम्बर २५ मा भुटानसँग खेल्ने छ।

खेपछि नेपाली टिमका मुख्य प्रशिक्षक सनोज श्रेष्ठले राम्रो खेल्दा खेल्दै पनि टिम पराजित हुन पुगेका बताए। पाकिस्तानकी खेलाडीलाई हाइट एड्भान्टेज रहेको बताउँदै श्रीलंकाविरुद्धको खेल ३ प्वाइन्ट लिने गरी खेल्ने बताए।

ताजा अपडेट

२०८१ मंसिर ७, शुक्रबार

छायाकंनको अन्तिम चरणमा बलिदान

२०८१ मंसिर ७, शुक्रबार

सभामुख घिमिरे आज कम्बोडिया जाँदै

खोजी गर्नुहोस