क्यानडामा नेपाली ब्याटिङ लाइनअप नराम्ररी फ्लप भएको छ। माथिल्लो र मध्यक्रम नराम्ररी फ्लप भएपछि आईसिसी विश्वकप लिग–२को दोस्रो सिरिजमा नेपालले लगातार तेस्रो हार व्यहोरोको छ।
सोमबार बिहान सकिएको खेलमा नेपाल घरेलु टोली क्यानडासँग ५ विकेटले पराजित भयो। यो सिरिजमा क्यानडासँग नेपालको लगातार दोस्रो हार हो। यसअघि नेपाल १०३ रनले पारजित भएको थियो।
पहिला ब्याटिङ गर्दै नेपालले दिएको १८२ रनको लक्ष्य क्यानडाले ४२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। उसका लागि निवनित धालिवालले सर्वाधिक ८७ रन बनाउँदा पारगत सिंहले ६४ रनको इनिङ खेले। यी दुईले दोस्रो विकेटका लागि शतकीय साझेदारी गरेका थिए।
बलिङमा नेपालका सन्दीप लामिछानेले २ तथा गुल्सन झा, ललित राजवंशी र करण केसीले समान १ विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा अलआउट हुँदै १८१ रन मात्र बनाउन सक्यो। नेपालको माथिल्लो र मध्यक्रम फ्लप भएपनि तल्लो क्रमले उत्कृष्ट ब्याटिङ गरेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य दिएको हो।
३६–५को दयनीय अवस्थबाट सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र करण केसीले उत्कृष्ट ब्याटिङ गर्दै नेपालको उद्दार गरेका थिए।
नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ४९ रन जोडे। करिअरकै उत्कृष्ट इनिङ खेलेका उनले ४८ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यसअघि सन्दीपले सन् २०२३ मा पिएनजीसँग ५० बलमा नट आउट ३५ रन बनाएका थिए।
यस्तै, गुलशन झाले ५६ बलमा ३४ रन बनाए। आठौं विकेटका लागि सन्दीपले सोमपाल कामीसंग मिलेर ५५ रनको महत्वपूर्ण साझेदारी गरे। सोमपाल ४८ बलमा २१ रन बनाउदै साद विन जाफरको बलमा आउट भए।
करण केसी र सन्दीप लामिछानेले नवौं विकेटका लागि ३९ रनको साझेदारी गरे । करणले २८ बलमा २४ रन बनाए। यी बाहेक अर्जुन साउद र आरिफ सेखले समान १० रन बनाए।
क्यानडाका लागि कलिम सानाले ३, हर्ष ठाकरले २ तथा सादविन जाफर, डिलोन हेलिगर र प्रविन कुमारले समान १ विकेट लिए।
अब नेपालले सिरिजको अन्तिम खेलमा ओमानसँग भोलि खेल्ने