यू–१७ साफको सेमीमा नेपाल भारतसँग पराजित

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ आश्विन १२, शनिबार (३ हप्ता अघि)
  • ९४ पटक पढिएको

यू–१७ साफको सेमीमा नेपाल भारतसँग पराजित

नेपाल भुटानमा जारी यू–१७ साफ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरएको छ। शनिबार दिउँसो चाङ्लिमिथाङ रंगशालामा भएको खेलमा भारतसँग ४–२ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो।

खेलमा भारतले सुरुआतदेखि नै नेपाललाई दबाबमा राखेको थियो। तर, पहिलो हाफमा भने नेपाललाई भारतलाई गोलरहित बराबरीमा रोकको थियो।

६१औं मिनेटमा विशाल यादवले भारतलाई अग्रता दिलाए। उनले नेपाली गोलकिपर पेम्बा नोर्बु भोटोको गल्तीमा गोल गरेका थिए। ६८औं मिनेटमा विशालले नै गोल गर्दै भारतको अग्रता दोब्बर बनाए।

८२औं मिनेटमा काउन्टरमा नेपालले गोल फर्कायो। नेपालका लागि सुवास बमले गोल गरेका थिए। ८५औं मिनेटमा ऋषि सिंहले गोल गरेपछि नेपालको फाइनल पुग्ने सम्भावना लगभग सकिएको थियो।

९०औं मिनेटमा मोहम्मद कैफले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–२को अवस्थामा आयो। तर, इन्जुरी समयको पाचौं मिनेटमा भारतका हिम्नेइचुङ लुन्किमले गोल गरेपछि भारत ४–२ले विजयी हुँदै फाइनलमा पुग्यो।

अब भारतले सोमबार हुने फाइलनमा पाकिस्तान र बंगलादेशबीचको विजेतासँग खेल्नेछ।

ताजा अपडेट

२०८१ कार्तिक ५, सोमबार

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

२०८१ कार्तिक ४, आईतबार

काभ्रे बारमा हरिशरणको नेतृत्व

२०८१ कार्तिक २, शुक्रबार

सप्तरीबाट १३ जनाकाे उद्धार

खोजी गर्नुहोस