एनपिएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८१ मंसिर १९, बुधबार (१६ घण्टा अघि)
  • ४४ पटक पढिएको

एनपिएलमा काठमाडौं गुर्खाजले कर्णाली याक्सलाई हरायो

नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजले कर्णाली याक्समाथि रोमाञ्चक जित दर्ता गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा काठमाडौँले कर्णालीमाथि ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको हो।

एनपिएलमा काठमाडौंको यो पहिलो जित हो भने कर्णालीको लगातार दोस्रो हार हो। आजको पहिलो खेलमा कर्णाली याक्सले काठमाडौं गुर्खाजलाई १ सय ५० रनको लक्ष्य दिएको थियो।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । काठमाडौंको जितमा कप्तान करण केसीले कप्तानी इनिङ खेले । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हिर्काए।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लि ।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोडेको हो।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे। पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे।

५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए। धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए। विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए।

ताजा अपडेट

२०८१ मंसिर १७, सोमबार

प्रधानमन्त्री ओली बेइजिङ पुगे

खोजी गर्नुहोस