काभ्रेपलान्चोक /नमोबुद्ध नगरपालिका–१, फूलबारीमा फुटबल प्रतियोगिता शुरु भएको छ । नमोबुद्द मानेगाँउ युवा क्लव, मानेगाउँको आयोजनामा दोस्रो नमोबुद्ध सेभेन ए साइड फुटबल प्रतियोगिता शुरु भएको हो ।नकआउटका आधारमा खेलाइने प्रतियोगितामा १९ टिमको सहभागिता रहेको आयोजक क्लवका अध्यक्ष उतरध्वज लामाले जानकारी दिए ।
बाग्मती प्रदेशका पुर्ब खानेपानी, उर्जा तथा सिंचाइमन्त्री तीर्थ लामाले प्रतियोगिता उद्धघाटन गरे । उनले खेलकुदले युवाहरुमा एकता कायम गर्न सहयोग पुग्ने धारणा राखे । उनले खेलकुदमार्फत अनुशासनले नै मानिसलाई सफल बनाउने बताए । उनले उक्त खेलमैदानमा पुर्वाधार विकासको लागि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
नमोबुद्ध नगर प्रमुख कुनसाङ लामाले खेलकुद विकासको लागि नगर प्रतिवद्ध रहेको बताउँदै अन्तर्राष्ट्रिय खेल खेल्ने जनशक्ति उत्पादन गर्नुपर्ने धारणा राखे ।
बिपद लगायत अन्य कुरामा केन्द्रित हुनुपर्दा खेल क्षेत्रमा पर्याप्त सहयोग गर्न नसकेको स्वीकार्दै आगामी दिनमा सहयोगको प्रतिवद्धता जनाए ।
रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले खेलमार्फत सो स्थानको पर्यटन प्रवर्द्धनका साथै व्यक्तित्व विकास हुने तर्क गरे ।
नमोबुद्ध नगरपालिका वडा नं १ का अध्यक्ष प्रेमबहादुर तामाङ ले सबैको साथ सहयोगले प्रतियोगिता सम्भव भएको भन्दै सहयोग निरन्तरताको अपेक्षा गरे उद्घाटनमा समाजसेवि सन्तमान तामाङ, कृष्ण लामा, भोलाप्रसाद भट्टराई, आयोजक क्लबका अध्यक्ष उत्तरध्वज लामा, नवेश तामाङ लगायतले खेल क्षेत्रबारे चर्चा गरेका थिए ।
उद्घाटन खेल आयोजक नमोबुद्ध मानेगाउँ युवा क्लबको ए टिम र नमोबुद्ध ११ विच भएको थियो
उद्घाटन खेलमा आयोजक नमोबुद्ध मानेगाँउ युवा क्लब र नमोबुद्ध ११बीच भएको खेलमा आयोजक नमोबुद्ध मानेगाँउ युवा क्लबले २–१ ले जित हासिल गरेको छ ।