काभ्रेका खेलाडीलाई भारतको सोनीपत जिल्ला प्रेस क्लबद्वारा विशेष सम्मान

  • काभ्रे खबर
  • / खेलकुद /
  • २०८३ आश्विन १९, सोमबार (१ महिना अघि)
  • २१५ पटक पढिएको

काभ्रेका खेलाडीलाई भारतको सोनीपत जिल्ला प्रेस क्लबद्वारा विशेष सम्मान

काठमाडौं । कागेश्वरी तेक्वान्दो दोजाङ एण्ड स्पोर्ट्स क्लबको आयोजनामा काभ्रे जिल्लाका प्रतिभाशाली खेलाडीहरूलाई भारतको हरियाणा राज्यस्थित सोनीपत जिल्ला प्रेस क्लबले विशेष सम्मान प्रदान गरेको छ।

कार्यक्रम सनिबार सम्पन्न भएको थियो। यस अवसरमा खेलाडीहरूको मेहनत, समर्पण र उपलब्धिलाई कदर गर्दै सम्मानपत्र वितरण गरिएको हो।

सम्मानित खेलाडीहरूमा विष्णु खत्री (खेलाडी तथा राष्ट्रिय निर्णायक), कोशिन चौलागाईं (खेलाडी) र रेन्जी चौलागाईं (खेलाडी) रहेका छन्।

यस कार्यक्रमले खेलकुद क्षेत्रको प्रवर्द्धनका साथै पत्रकारिता र नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाएको आयोजकहरूले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस